बिहिबार बेलुकासम्म मन्त्रीपरिषद्ले पूर्णता पाउने

काठमाडौं, १५ चैत । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
केहीबेरअघि बालुवाटारमा सम्पन्न बैठकले मन्त्रालय भागबन्डामा पनि लगभग सहमति जुटाएका छन् ।
बैठकमा सहभागी एक नेताले बिहिबार बेलुकासम्म मन्त्रिपरिषदले पूर्णता पाउने गरी निष्कर्ष निकालेको जनाएका छन् ।
उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम पनि बुझाउने सहमति भइसकेको छ ।

