गठबन्धन रावणका १० टाउका जस्तै: ओली

परेवान्युज
काठमाडौ।नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार र नयाँ गठबन्धन दुबै जनताको हितमा नभएको बताएका छन् ।
आफ्ना निकटहरुसंगको भेटमा ओलीले यो गठबन्धन टुटाउन एमालेले कुनै मेहनत गर्न नपर्ने समेत बताएका छन् ।’यो देश र जनताको हितको लागि बनेको गठबन्धन नै होईन,यसको कुरै नगरौं’ उनले भने-‘यो रावणका टाउका जस्ता १० टाउको आ-आफैं लडेर खस्छ्न।यसमा एमालेले मेहनत लगाउनै पर्दैन।’
अध्यक्ष ओलीले रवि लामिछानेको मुद्दामा प्रचण्डले दोहोरो चरीत्र देखाएको समेत आरोप लगाए। आफुलाइ बिस्वासको मत दिने सर्तमा मुद्दा बारे निर्णय लिन खोज्नु बेइमानी भएको उनको भनाइ थियो।
प्रचण्डलाई धोखेबाज समेत भन्न लायक नभएको टिप्पणी गर्दै ओलीले बोली र इमान नै नभएको मान्छेको नामै लिन पनि आवस्यक नभएको बताए।’प्रचण्डको बारेमा टिप्पणी  गर्नु नै ब्यर्थ छ’ उनले भने-‘अझैपनी जनता झुक्याउने बेइमानको कमि छैन भन्ने बुझ्नुपर्छ।’

अध्यक्ष ओलीले धोखेबाजहरुको बिस्वास गर्दा संघीय सरकार र प्रदेशका धेरै सरकार गुमाउनुपरेको भएपनी  कोसी प्रदेश सरकार बचाउन सकिने अवस्था रहेको सुनाए । कोशी प्रदेश सरकार जोगाउन राप्रपाको साथ लिएर बाकी सांसद जुटाउन प्रयास गर्ने बताए।

उनले एमाले सत्तामा फर्किन हतार गर्ने अवस्थामा नरहेको भन्दै संगठन बिस्तारमा ध्यान दिएर अर्को चुनावको प्रतीक्षा गर्न नेताकार्यकर्तालाई सुझाव समेत दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय