जनतासंग जोडिएर राजनीति गर्नुपर्छ- राष्ट्रपति पौडेल

काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले जनतासंग जोडिएर गरेको राजनीति देश र जनताको पक्षमा हुने बताएका छन् ।
उनले जनतासंग निकट सम्बन्ध राख्नेले मुलुक र समाज परिवर्तनको लागि र लोकतन्त्रको संस्थागत बिकासका लागि भुमिका खेल्न सक्नेमा पनि जोड दिए।
नेपाली काङ्ग्रेसका नेता स्व.नबिन्द्रराज जोशी र ०४६ सालका सहीद निर्गुण स्थापितको शालिक अनावरण गर्दै सोमबार राष्ट्रपति पौडेलले योग्यता,आचरण र इमानदारीता भएका ब्यक्ति नै राजनीतिमा सफल हुने पनि बताए ।
नविन्द्र राज जोशी पनि प्रजातान्त्रिक आन्दोलनको इमान्दार सिपाही भएको भन्दै रास्ट्रपति पौडेलले शालिक निर्माणले जोशीले देश र जनतालाई दिएको योगदान जिवन्त राख्ने बताए ।’मैले नबिन्द्रलाइ धेरै नजिकबाट चिनेको थिए’ उनले भने-‘स्वतन्त्र विद्यार्थी आन्दोलनबाट प्रजातन्त्रको लागि लडेका जोशी निर्भीक र निस्ठाबान नेताको नाम हो।’
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवं काङ्ग्रेस नेता प्रकाशमान सिंहले जनताका खोसिएका अधिकार फिर्ता लिने अभियानमा जोडिने असल ब्यक्ति नबिन्द्रराज जोशी भएको बताए।
प्रजातान्त्रिक मूल्य र मान्यताको दियो जलाइराख्न सक्ने तात्कालिन विद्यार्थी नेता जोशी भएको भन्दै उनले ०४६ सालपछि मूल्य मान्यताको राजनीति हराएको बताए।
पुर्व मन्त्री जोशी २२ पुस २०१९ मा जन्मेका थिए। उनको २०७७ चैत १३ गते मृत्यु भएको थियो।
थप तस्वीरहरु:










