लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरियो

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् ।
एमाले नेतृत्वको लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
माओवादी केन्द्रसँगै लुम्बिनी सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

