रवि लामिछानेले उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने 

परेवान्युज
काठमाडौ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी  वैशाख १० गते हुने उपनिर्वाचनमा एक्लै लड्ने तयारी गरेको छ।
उपनिर्वाचन मार्फत पुनः संसद छिर्ने दाउमा रहेका लामिछाने चितवन २ बाट निर्वाचन लड्ने छन् । यसैगरी बारा २ र तनहुँ १ मा पनि सो पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा जाने रास्वपा नेताले बताएका छन् ।
तीन वटै निर्वाचन क्षेत्रमा कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्ने निर्णय शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले गरेको हो ।
बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको जनाएको छ ।
यसैगरी बैठकले तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल, बारामा गणेश कार्कीलाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय