अफगानिस्तामा शक्तिशाली भूकम्प, पाकिस्तानदेखि भारतसम्म महसुस

काठमाडौं, ८ चैत । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएराति ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा ७ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर गएको भूकम्पको कडा धक्का छिमेकी राष्ट्र पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जना तथा अन्य तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ ।

पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय