प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद् विस्तारको गृहकार्य

काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो(सोमबार) विश्वासको मत लिएसँगै मन्त्रीपरिषद विस्तारको गृहकार्य थालेका छन् ।
विश्ववासकाे मत दिनेबेलामा सत्ता साझेदार १ र रास्वपा एक ठाउँ उभिएको अवस्थामा प्रधानमन्त्रीलाई सत्ता टिकाउन सजिलो भएपनी भागबन्डा मिलाउन भने गाह्रो छ।
प्रधानमन्त्री नियुक्त हुने समयमा बनेको एमाले समेतको गठबन्धन राष्ट्रपति निर्वाचन सम्म आइपुग्दा भत्किएर काङ्ग्रेस समेतको नयाँ गठबन्धन बनेको हो ।यहि गठबन्धनले राष्ट्रपति र उपराष्टपति जितेर प्रधानमन्त्रीलाई दोस्रोपटक बिस्वासको मत समेत दिलाएको छ ।
नयाँ गठबन्धनमा संघीय संसदको ठूलो दल नेपाली काङ्ग्रेस र सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, आम नेपाली पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समेत १० दल छन् । त्यसैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत थपिएको छ।
यसअघिको गठबन्धनमा रहेका एमाले र राप्रपाले सरकार छाडेपछि र रास्वपाले मन्त्री छाडेपछि १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छ। रास्वपाले अब २ मन्त्रालय लिएर सरकारमा जाने भनेको छ भने एकीकृत समाजवादीको गृह सहित ४ मन्त्रालय बटमलाइन छ।
उता ठूलो दल काङ्ग्रेसले ८ मन्त्रालय मागेको छ। काङ्ग्रेसले यसअघि एमालेले लिएका अर्थ र परराष्ट्र समेत ८ मन्त्रालय नै दाबी गरिरहेको स्रोतको भनाइछ।
यसैगरी गठबन्धनमा १० दल मध्य जसपा,लोसपा,जनमत र नागरिक उन्मुक्तिले कम्तीमा २/२ मन्त्रालयमा दावी गरेका छन् । राष्ट्रिय जनमोर्चा मन्त्री बारे बोलेको छैन भने आम जनता पार्टी र नेसपा एक/एक मन्त्रालय लिने तयारीमा छन् ।
यसरी हेर्दा जम्मा भएको मन्त्रालय २३ वटा मध्य माग नै २३ छ। यसो गर्दा माओवादीसंग प्रधानमन्त्री बाहेक अरु रहने देखिन्न । माओवादीले यदी ४ मन्त्रालय मात्रै लिदा पनि काङ्ग्रेस र अन्य दलबाट घटाउनुपर्ने हुन्छ। जबकि काङ्ग्रेसमा कम्तीमा ५८ सांसद मन्त्री बन्ने दौडमा छन् ।

