नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथग्रहण आज

काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय