देशभर स्वतन्त्र विद्यार्थी चुनाव आज, केही क्याम्पसमा स्थगित
काठमाडौका ३२ मध्य १८मा चुनाव,४ निर्विरोधकाठमाडौ । देशभरका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। केही क्याम्पसमा भने तालाबन्दी र विवादले चुनाव अनिश्चित छ।
पोखराको पृथ्वीनारायण क्याम्पस,मोरङको महेन्द्र क्याम्पस,सुर्खेत क्याम्पस,काठमाडौको त्रीचन्द्र,आर आर क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा चुनाव स्थगित छ। पोखरा र सुर्खेतको क्याम्पस विवाद अदालत सम्म पुगेको छ।
२०६५ सालपछि देशमा स्ववियु चुनाव भएको छैन । यसपटक चुनावमा विद्यार्थी आकर्षण बढेको छ। केन्द्रिय क्याम्पस त्रिभुवन विस्वविध्यालय सहित राजधानी काठमाडौका १८ क्याम्पसमा आज चुनाव हुनेछ। देशभर एक हजार भन्दा बढी क्याम्पसमा चुनाव हुनेछ।
काठमाडौको ३२ मध्य ४ क्याम्पसको स्ववियु निर्बिरोध निर्वाचित भैसकेको छ। १० वटा क्याम्पसमा भने चुनाब स्थगित छ। क्याम्पस चुनावमा विद्यार्थी संगठनहरु एक्लाएक्लै र कतै संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

