पोखरामा घुससहित सब इन्जिनियर पक्राउ

पोखरा, ५ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सब-इन्जिनियरलाई पोखराको चाउथेबाट पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-२८ मा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै विकले घुस माग गरेको जनाइएको छ ।

सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय