अस्ट्रेलिया र भारतबीचको दोस्रो एकदिवसीय आज

काठमाडौं, ५ चैत । भारत भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टोली र भारतबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै छ ।

भिसाखापटनमा हुने खेल दिउँसो नेपाली समयअनुसार पौने २ बजेदेखि सुरु हुने छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय