सुर्खेत उडेकाे बुद्धकाे जहाजमा समस्या देखिएपछि काठमाडाैंमै फर्कियाे

काठमाडाैं, ४ चैत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको छ ।
सिमराकाे आकाशमा पुग्दा इन्डिकेटरमा समस्या आएपछि फर्काइएको बुद्ध एयरले जनाएको छ । जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।
जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।
६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ।

