भरतपुरका तीन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

चितवन, ४ चैत । चितवनका तीन ठुला वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस र बालकुमारी कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ ।

तीनै क्याम्पसले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका कारणले तोकिएको समयमा निर्वाचन सम्पन्‍न हुन नसक्ने जनाएका हुन् ।

निर्वाचन गराउनका लागि अनुकुल वातावरण सिर्जना नभएकाले अर्को सुचना प्रकाशन नभएसम्मका लागि निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु स्थगित गरिएको जनाइएको छ ।

यसैबीच निर्वाचन प्रक्रिया स्थगित गरेकोमा नेपाल विद्यार्थी संघ तथा अनेरास्ववियुलगायतका संगठनले भने आपत्ति जनाउँदै निर्वाचनको बाँकी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय