पद्मकन्यामा स्ववियु जित्नेमा ज्योति ढुक्क
इतिहास जोगाउने जिम्मेवारी विद्यार्थीको- नानु दाहाल
काठमाडौं, ३ चैत । नेपाली काङ्ग्रेस बागमती प्रदेश समिति सदस्य नानु दाहालले राजनीतिक इतिहास जोगाउने जिम्मेवारी विद्यार्थीले पूरा गर्नुपर्ने बताएकी छन् ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा पद्मकन्या कलेजका विद्यार्थीसंगको भेटमा उनले यस्तो बताएकी हुन् । उनले स्ववियु निर्वाचनको इतिहासमा नेपाल विद्यार्थी संघको आफ्नै भुमिका र जिम्मेवारी रहँदै आएको पनि बताइन् ।
पद्मकन्या कलेजकै पुर्व विद्यार्थी नेता समेत रहेकी दाहालले विद्यार्थी आन्दोलन र रचनात्मक कामबाट नेपालको शैक्षिक सुधारमा नेविसंघले भुमिका खेलेको र राजनीतिक चेतना समेत दिने गरेको स्मरण गराइन ।
‘विद्यार्थीलाई देश निर्माणको खम्बा भन्न पनि सकिन्छ’ उनले भनिन् -‘विद्यार्थी आन्दोलनबाट उदाएका कयौं नेता र कुशल प्रशासकले प्रजातन्त्र जोगाउनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने सम्म भुमिका खेलेको कुरा बिर्सन हुँदैन।
चैत ५ गते हुने निर्वाचनमा नेविसंघको तर्फबाट सभापति उम्मेदवार रहेकी ज्योति पनेरूले महिला मैत्री कलेज भएर पनि महिलाको लागि आवस्यक कयौं पुर्वाधार र डिजिटल प्रवीधी पध्मकन्यामा आवस्यक रहेको बताइन् । उनले भेन्डिङ मेशिन सहितको सेनिटरी प्याडको व्यवस्था, नयाँ भवन, छात्रावास शुल्क घटाउनुपर्ने, साइन्स ल्याब र नयाँ प्रविधि सहितको एड्भान्स टेक्नोलोजी जस्ता कुरामा ध्यान दिनुपर्ने बताइन् ।
उनले प्रतिस्पर्धामा आफू सबैको मत पाएर जित्नेमा ढुक्क रहेको पनि बताइन् । पद्मकन्यामा एकपटक अखिलबाट शशी श्रेष्ठले सभापति जित्ने बाहेक नेविसंघले लगातार जित्दै आएको छ।
करिब ५५ सय विद्यार्थी रहेको यस कलेजमा चैत ५ को चुनाव नेविसंघ एक्लै र वामपन्थी विद्यार्थीहरुको दुई प्यानल प्रतिस्पर्धामा छ। ज्योतिको टिममा भुपेश्वरी ऐर सचीवको उम्मेदवार छिन् ।
यसैगरी माओवादी निकट अखिल क्रान्तिकारीकि त्रीसरा आले एमाले निकट अनेरास्ववियुको समर्थनमा प्रतिस्पर्धामा छ भने नेकपा विप्लव निकट विद्यार्थी संगठनको छुट्टै प्यानल छ ।


