बैतडीमा लगातार दुई भूकम्प

बैतडी, २ चैत । बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन् ।

बेलुका ६ बजेर २५ मिनेटमा ३.२ र ६ बजेर २६ मिनेटमा ३.५ रेक्टर स्केलका भूकम्प गएको हो ।

दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय