चितवनका क्याम्पसमा लागेका ताला प्रहरीले फुटायो

चितवन, ३० फागुन । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन नजिकिँदै जाँदा चुनावमा अवरोध हुने गरी विभिन्‍न क्याम्पसमा लगाइएका ताला चितवन प्रहरीले फुटाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले स्ववियूको निर्वाचन हुने क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज विहानदेखि प्रहरीले ताला फुटाउन थालेको थियो ।

भरतपुरमा रहेका वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरुमा लगाइएको ताला प्रहरीले फुटाएको छ ।

प्रशासनले मंगलबार विहान ६ बजेसम्म ताला खोल्न समय दिएकोमा ताला नखोलिएपछि प्रहरीले नै फुटाउनुपरेको चितवन प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय