उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं, २७ फागुन । आगामी चैत ३ गते हुन लागेको उपराष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदै छ ।
विहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने आजै नामावली प्रकाशित गरिने कार्यसूची छ ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी परेमा जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित हुनेछ ।

