राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं, २५ फागुन । नेपालको नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

बिहिबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मतबाट कुल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन् । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् ।

निर्वाचन कार्यालयले आधिकारिक जानकारी भने सार्वजनिक गर्न बाँकी रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...