लघुवित्त र मिटरव्याजी विरुद्धको आन्दोलनमा विप्लवको समर्थन

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको विरुद्ध हुने आन्दोलनमा पार्टीले साथ दिने बताएका छन्।
सो पार्टीले लघुवित्त र मिटरब्याजीको मनपरिविरुद्ध संघर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोध समेत गरेको छ । महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैङ्क व्याजले लाखौं जनताको जीवन प्रताडित बनेको पनि उल्लेख गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाहरूको आतङ्क र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौँ नागरिक सडकमा पुगेर छटपटाइरहेको विज्ञप्तिमा उल्लेख छ।‘कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन्’ ज्ञिप्तिमा भनिएको छ-‘उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरूको रक्षामा न्यायिक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एव चक्र व्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु जनविरोधी एवं असैह्य कार्य हो।’
सरकार यस्तो निणर्यबाट पछि फर्किन र जनताको माग पुरा गर्न पनि विप्लवको माग छ । जनताको जायज आवाजलाई सहयोग र समर्थन गरेका कारण देशभरि आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउन थालिएको भन्दै सो पार्टीले आपत्ति जनाएको छ ।
उँदै जाजरकोटमा जिल्ला इन्चार्ज तथा सीसीएम पौरख सी, जिल्ला सेक्रेटरी विराजन सी लगायत ५ जनालाई गिरफ्तार गरेर लुटपाटको झुट्टा मुद्दा लगाउन लागेको भन्दै उनीहरूको रिहाइ गर्न माग गरेको छ । अन्यथा सङ्घर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने विप्लवको चेतावनी छ ।

