सप्तरीमा भएका दुई दुर्घटनामा ३ जनाको ज्यान गयो, १२ घाइते

सप्तरी, १६ फागुन । सप्तरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्‍चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक मङ्गलबार विहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा कारमा सवार ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा १२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी गएराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय