प्रधानमन्त्री दाहालको दोहा भ्रमण रद्द

काठमाडौं, १५ फागुन । यसै साताको अन्त्यतिर कतार जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण रद्द भएको छ ।
अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम रहेको थियो ।
तर अहिलेको राजनीतिक परिवेश तथा राष्ट्रपतिको निर्वाचन लगायतका कार्यहरु भएकाले भ्रमण रद्द भएको सचिवालयले जनाएको छ ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

