प्रदेश १, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, १३ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले प्रदेश नं १ , मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

