माओवादी र काँग्रेससहित ८ दलको नयाँ गठबन्धन, राष्ट्रपति काँग्रेसलाई

काठमाडौं, १३ फागुन । सत्तारुढ दल माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोडेर पुरानै गठबन्धन ब्युँताएपछि अन्य थप दलहरुसहित नयाँ गठबन्धन बनेको छ । हाल प्रतिपक्षमा रहेको नेपाली काँग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका हुन् ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्राको सुरुवात हुने उनको तर्क रहेको उनलाई उद्धृत गर्दै स्रोतले बतायो ।
प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा भने कांग्रेसको जित पक्का जस्तै छ ।

