विश्वकप लिग २ मा आज नामिबिया र स्कटल्यान्ड खेल्दै

काठमाडौं, ८ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामन आज दुई पाहुना टोली नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्समार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
नामिबियाले यस श्रृंखलामा आफ्नो अन्तिम खेल खेल्न लागेको हो । यसअघि भएका तीनवटै खेलमा नामिबिया पराजित भएको थियो । स्कटल्यान्डले भने यसअघिका दुई खेलमध्ये एकमा जीत निकाल्दा एकमा हार व्यहोरेको छ ।
नामिबिया जीतका साथ श्रृंखलाको सुखद अन्त्य गर्ने दाउमा हुनेछ भने लिग २ को विजेता बनिसकेको स्कटल्यान्डले नामिबियामाथिको दबदबा कायमै राख्न चाहन्छ ।
श्रृंखलाको अन्तिम खेलमा भोलि नेपाल र स्कटल्यान्ड खेल्ने छन् ।

