मौसम बदली, पश्‍चिम तराइमा हावाहुरीको सम्भावना

काठमाडौं, २९ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

त्यसैगरी राति प्रदेश नं. १ को पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय