राष्ट्रपतिबारे माओवादीभित्र विवाद

राजनितीक दलको व्यक्ति हुँदैन, बाहिरबाट हुन्छ-प्रचण्ड, बाहिरको हुँदैन, भित्रैबाट हुन्छ- जनार्दन

काठमाडौं, २८ माघ । अबको नयाँ राष्ट्रपति कसलाई बनाउने भन्ने अझै टुङ्गो लागेको छैन । खासगरी सत्ता गठबन्धनभित्रैबाट राष्ट्रपति हुने वा प्रमुख विपक्षी नेपाली काँग्रेसबाट हुने भन्ने समेत पत्तो छैन ।

गठबन्धनको ठुलो दल नेकपा एमाले राष्ट्रपति आफ्नै दलबाट हुने भन्नेमा ढुक्क छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत छैनन् । यद्यपि दलहरुबिच छलफल चल्दैछ । आगामी फागुन २५ मा राष्ट्रपनि निर्वाचनको मिति तय भएको छ ।

यही बीचमा राष्ट्रपतिबारे सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा भने स्पष्ट दुई धार देखिएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको राष्ट्रपति सहमतिको राष्ट्रपति हुने र त्यो व्यक्ति राजनीतिक दलबाहिरबाट खोज्ने बताईरहँदा सोहि पार्टीका उपमहासचिव जनार्दन शर्माले भने दलभित्रैबाट राष्ट्रपति हुनुपर्ने अडान लिएका छन् ।

सक्रिय राजनीति गरेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाइएको भन्ने अध्यक्ष प्रचण्डको भनाईमा पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा भने पार्टीभित्र त्यस्तो छलफल नै नभएको जिकिर गर्दछन् । ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन’ उनले भने- ‘त्यसरी बाहिरको ब्यक्तिलाई राष्ट्रपति बनाउँदा परिणाम घातक पनि हुन सक्छ ।’

माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गर्दा प्रचण्डले ‘सक्रिय राजनीति नगर्ने व्यक्तिलाई सहमतिमा राष्ट्रपति बनाउन प्रयास भइरहेको छ’ भनेर नेताहरुलाई सूचना दिएको केहि समयमै उपमहासचिव शर्माले भने- ‘राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ ।’

पूर्वमन्त्री शर्माले सञ्चारकर्मीसँग गठबन्धनबाटै सहमति खोजिने र गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहुने दोहो्याए । शर्माले राष्ट्रपतिको बिषयलाई लिएर गठबन्धनमा खटपट नहुने दाबीसमेत गरे । माओवादीमा अध्यक्ष प्रचण्डको लाईन भन्दा फरक जनार्दन शर्माको छुट्टै लाईन छ । उनि पार्टीको महासचिव बन्ने तयारीमा भएपनि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाएपछी शर्मा अध्यक्ष प्रचण्डसँग खुशी छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...