डाक्टरमाथि कुटपिट प्रकरणमा राष्ट्रपतिले माफी माग्नुपर्ने ज्ञानेन्द्र शाहीको टिप्पणी

काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले शुक्रबार भएको डाक्टरमाथि कुटपिट भएको घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी माग्नुपर्ने बताएका छन् ।
उनले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकलाई कुट्ने प्रहरीमाथि पनि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
राष्ट्रपतिलाई सम्मान दिनुपर्ने भए पनि जनतालाई सास्ती दिएर गरेको सम्मानको अर्थ नहुने उनको भनाइ छ ।
शुक्रवार दिउँसो राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह कुटिएका थिए ।

