पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको ज्यान गयो

पोखरा, २६ माघ । पोखराको पृथ्वीचोकमा बिहिबार विहान यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको ज्यान गएको छ ।

पोखराको बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै आउँदै ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले चाइनापुलनजिकै ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

करिब ९ बजे भएको घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि बस र चालक प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गरिमा घटनाले उठाएको प्रश्न

    तीन वर्षको उमेर भनेको खेल्ने, हाँस्ने र परिवारको मायामा हुर्किने समय हो। तीन वर्षको अवोधलाई पारिवारिक माया,ममता बाहेक बाहिरी...