रविको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै उजुरी

काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम मतदाता सुचीबाट हटाउन माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले लामिछानेले जुन नागरिकताबाट मतदाता नामावलीमा नाम समावेश गरेको र त्यो नागरिकता नै उनीसँग नरहेको भन्दै उजुरी गरेका हुन् । यद्यपि नागरिकता बारे परेको मुद्दामा सर्वोच्च अदालतले फैसला गरेलगत्तै लामिछानेले नयाँ नागरिकता लिइसकेका छन् ।
तर, लामिछानेले पुरानो नागरिकताको आधारमा लिएको मतदाता परिचय पत्र रद्ध गरिदिन माग गर्दै अधिवक्ता भट्टराईले निवेदन दिएका हुन् ।
उनले मतदाता नियमावली ऐन, २७३ को दफा १८(२) बमोजिम नामावलीबाट लामिछानेको नाम हटाउन माग गरेका छन् ।

