उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, २३ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...