काँग्रेस पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको छ: ओली

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले काँग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘यतिबेला नेपाली काँग्रेस पानीबाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली काँग्रेससँग राम्रै छ ।

