पश्चिमी वायुको प्रभावले मौसम बदली, तराइमा विहानैदेखि हुस्सु

काठमाडौं, २२ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

