प्रचण्डले भने- गठबन्धनभित्रको समस्या छिट्टै समाधान हुन्छ

काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद छिट्टै समाधान हुने बताएका छन् ।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’

गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको रास्वपालाई प्रधानमन्त्री प्रचण्ड मन्त्रालय दिन तयार नभएपछि रास्वपा सरकार छाड्नेसम्मको सोचमा पुगेको थियो ।

बिहिबार रास्वपाको बैठक बसेर प्रधानमन्त्रीले मागेबमोजिम दुई दिनको समय दिने र त्यसपछि मात्र बाँकी निर्णय गर्ने भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय