आज कतै छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २० माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।

अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति प्रदेश नं. १ र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ ।

आज कतै पनि वर्षा र हिमपातको सम्भावना नभएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...