रवि लामिछानेका चुनावी कमान्डरले पार्टी छोडे

काठमाडौं, १९ माघ । रवि लामिछानेले चितवन-२ बाट चुनाव जित्दै गर्दाका कमान्डर तथा उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी छाडेका छन् ।

पार्टीमा केही व्यक्तिको मात्रै हालीमुहाली चल्दै गएको भन्दै उनले पार्टी सभापतिबाट राजीनामा दिएकाे बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पछिल्लो समय बोल्न समेत नपाउने अवस्था आउन थालेको सापकोटाले पार्टी छोडेको स्रोतको भनाइ छ ।

पार्टीभित्र राणा शासन जस्तो व्यवहार हुने र केही व्यक्तिबाहेक अरुले बोल्ने अवस्था समेत नभएको उनको भनाइ छ । पार्टी सभापति लामिछानेलाई चितवन बाट चुनाव जिताउन जिल्ला सभापति सापकोटाले मुख्य भूमिका खेलेका थए ।

उनी सामाजिक क्षेत्रमा पनि चिनिएका व्यक्ति थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय