माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं, १९ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बैठक बस्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट, राष्ट्रपतिको आगामी निर्वाचन, पार्टीका विभागहरुमा नेताहरुको जिम्मेवारी तोक्ने लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।

