कृषिमा बाबुराम आकर्षण !

काठमाडौं, १८ माघ । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई गाउँको कृषिमा आकर्षित भएका छन् ।

आर्थिक समृद्धि र बिकासको सुत्रधार पुर्व प्रधानमन्त्री डा.भट्टराईको घर गोरखाको खोप्लाङ हो । हाल पालुङटार नगरपालिका-१ मा रहेको उनको गाउँमा कृषिको सम्भावना खोज्दै भट्टराई त्यता आकर्षित भएका हुन् । उनले आफ्नो पुर्ख्यौली गाउँमा फलफुल खेतीको सुरुवात समेत गरेका छन् ।

डा.भट्टराई आफ्ना भाइ शिव भट्टराई समेतलाई लिएर गाउँ पुगेको र उनले फलफुल खेतीको जग्गा तयार पार्दै विरुवा रोपेको तस्वीर समेत सार्वजनिक गरेका छन् । ‘वरिष्ठ कृषिविद् डा. भरत सिंखडाको सुपरिवेक्षणमा गोरखाको पुर्ख्यौली गाउँमा फलफूल खेतिको अभ्यास गर्दै !’, डा.भट्टराईले तस्वीर सहित आफुले गर्दै गरेको कामको बारेमा जानकारी समेत दिएका छन् ।

प्रधानमन्त्री हुँदाको समयमा समेत महिनामा एकपटक गोरखा पुगेर हरेक गाउँ पुग्ने गरेका भट्टराई अहिले पनि समय समयमा गाउँ पुगेर भेटघाट र कृषिको बारेमा चासो राख्छन् ।

असार १५ मा हिलो खेल्ने (रोपाइँ महोत्सव) गर्न पनि उनी आफ्नै गाउँ पुग्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय