कर्मचारीको सम्पत्ति छानबिन गर्ने बालेनको तयारी

काठमाडौं, १७ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धान दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।

प्राप्त जानकारी अनुसार ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छानबिन हुन लागेको हो । महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् । काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् ।

विभिन्न बहानाबाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेनेल उक्त निर्णय लिएको उनका एक सहयोगीले बताए ।

वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय