गृहमन्त्री कसलाई बनाउने ? प्रचण्डको जवाफ- बनेपछि थाहा पाउनुहुन्छ

काठमाडौं, १६ माघ । सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्ड बाहिर निस्कँदै थिए ।

सञ्चारकर्मीहरुले प्रश्न तेर्स्याए- गृहमन्त्री कसलाई बनाउनुहुन्छ त ? उनले सिधा जवाफ दिए- बनेपछि थाहा पाउनुहुन्छ । यसरी ‘सेभेज’ जवाफ दिइसकेपछि उनले यसबाहेक थप विषयमा कुराकानी गरेनन् ।

माओवादीले गृहमन्त्री आफूहरूसँगै राख्‍ने अडान राखेको छ भने यसअघि गृहमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमा दाबी कायमै राखेको छ ।

यसअघि गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएसँगै गत शुक्रबार उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

यद्यपि उनले आइतबार नै प्रक्रिया पूरा गरेर नागरिकता लिइसकेका छन् भने पार्टीको सभापति पनि पुनः चुनिएका छन् ।

रविले गृहमन्त्रीमा पुन: आफुलाई नियुक्ति गर्न प्रचण्डलाई अनुरोध गरेका थिए तर प्रधानमन्त्री प्रचण्डले यसबारेमा ठोस जवाफ दिएनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय