रविले पाए नेपाली नागरिकता

काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको उनका सचिवालय प्रमुख दीपक बोहराले जनाएका छन् ।

