रवि लामिछानेको नागरिकता बहस: विषय सानो तर घमण्ड ठूलो

काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछाने पुन: नागरिकता लिएर उपनिर्वाचन लड्ने मनस्थितिमा छन् । उनले सानो प्रक्रिया पूरा गर्नेबित्तिकै नागरिकता पाउने छन् ।
उनले विषय सानो भएपनि घमण्ड ठूलो देखाउदा हुँदाखाँदाको पद गुमेको छ । प्रेस काउन्सिल नेपालले पहिले नै नागरिकता लिन गरेको अनुरोधलाई दुश्मनीको रुपमा लिएर टेलिभिजनमा उभिएर घमण्ड देखाउनु उनको लागि भारी पर्न गएको हो ।
उनले अमेरिका बसेर फर्केपछि नागरिकता पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार दल दर्ता र प्रतिनिधि सभाको निर्वाचन लडेका थिए । तर, शुक्रबार लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेबित्तिकै पुन: नागरिकता प्राप्ति गर्न सक्थे । तर, लामिछानेले आफू नेपाली नागरिक भएकोले त्यसो गर्न नपर्ने भन्दै पुरानै नागरिकताबाट सबै काम गर्दै गए ।
अझै पनि उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्न गाह्रो छैन । सम्भवत: आइतबार उनले नागरिकताको लागि निवेदन दिनेछन् । जिल्ला प्रशासनमा निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारी बताउँछन् ।
अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप-निर्वाचन लड्न पाउने छन् । उनका सहयोगीहरु लामिछानेले आइतबार नागरिकता लिएर चितवन जाने र निर्वाचनको तयारी गर्ने बताउँछन् । यतिबेला रविका समर्थकले काठमाडौ र चितवनमा विरोध प्रदर्शन गर्नेदेखि पुन: चुनाव जिताउने उद्घोष गरिरहेका छन् ।
स्रोतका अनुसार लामिछानेले प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपि लिने र त्यसै आधारमा उप–निर्वाचनमा सहभागी हुने सोच बनाइसकेका छन् ।
यस्तो थियो प्रेस काउन्सिलसँगको रविको नागरिकता बारेको जवाफ:



