बाजुरा भूकम्पमा परी एकजनाको ज्यान गयो

काठमाडौं, १० माघ । मङ्गलबार दिउँसो बाजुरालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर एकजनाको मृत्यु भएको छ ।

गौमुल गाउँपालिका-२ स्थित जुरेलीको स्थानीय जंगलमा घाँस काट्न गएका बेला भूकम्पपछि माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जमुना रोकाया रहेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । अहिले प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय