विमान दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलन काम सकियो

पोखरा, १० माघ । पोखरामा अघिल्लो आइतबार भएको विमान दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ ।
घटना भएकै दिनबाट काम थालिएको जनाउँदै आयोगले एक विज्ञप्ति जारी गरेर अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।

दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ ।
अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ ।
Comments
