न्युनचापीय प्रणालीको प्रभावले पानी पर्ने सम्भावना

काठमाडौं, १० माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ र यी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति पनि सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा  रहनेछ र यी प्रदेशका थोरै भू-भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...