पश्‍चिम नेपालमा आज वर्षाको सम्भावना

काठमाडौं, ५ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश  कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ 

शुक्रबार पनि यी प्रदेशका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ भने अन्य प्रदेशका पनि उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय