आज आंशिक बदली, भोलि पश्‍चिम नेपालमा वर्षाको सम्भावना

काठमाडौं, ४ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ ।

अहिले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । त्यसैगरी तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलिदेखि भने सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय