विमान दुर्घटना: सनाखत नभएका शव आज काठमाडौं ल्याइने

फाइल तस्वीर

काठमाडौं, ३ माघ । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई सनाखत हुन नसकेका शवहरु मङ्गलबार काठमाडौं ल्याइने भएको छ । सनाखत नभएक, विदेशी नागरिक र चालकदलका सदस्यको शव ल्याइने जनाइएको छ ।

दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । तीमध्ये पहिचान भएका २४ जनाको शव पोखरामै परीक्षण गरिने छ भने बाँकी शव नेपाली सेनाको हेलिकप्टरबाट मङ्गलबार विहान ८ बजे थप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिने कास्कीका प्रजिअ टेकबहादुर केसीले बताए ।

केहीको शव परिवारले बुझिसकेका छन् भने आफन्तबाट पहिचान भएका बाँकी शवहरु पोखरामा नै परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ ।

शव काठमाडौं ल्याउन सोमबार नै सेनाको हेलिकप्टर पोखरा पुगेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय