६८ यात्रु बोकेको यतिको विमान पोखरामा दुर्घटनाग्रस्त

पोखरा, १ माघ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

जहाजमा आगो लागेको छ र अहिले आगो निभाएर उद्दारको प्रयास भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय