इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी, २६ पुस । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । मङ्गलबार विहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा केन्द्र बनाएर भूकम्प गएको हो ।
९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी छ ।
भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।

