विश्‍वासको मत माग्‍न देउवा निवास पुगे प्रचण्ड

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । आफूलाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास पुगेको काङ्ग्रेस स्रोतले बतायो ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास पुगेको र दुई नेताबीच बिश्वासको मत सङ्गै मिलेर अगाडी बढ्ने विषयमा समेत कुराकानी भएको स्रोतले बतायो ।

तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएको छ । यो गठबन्धनले भोली मंगलबार विश्वासको मत लिने कार्यक्रम छ ।

प्रचण्डलाई विश्वासको मत दिने बारे काङ्ग्रेस सकारात्मक भने देखिएको छैन । यो बिषयमा देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

यद्यपि मंगलबार विहान संसदीय दलको बैठक बोलाएर बिश्वासको मत दिने नदिने बारे निर्णय लिने काङ्ग्रेस स्रोतको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय